कोरोना संक्रमित घट्दै, आज ७४ जनामा कोरोना संक्रमण

नेपालभ्युज

कोरोना संक्रमित घट्दै, आज ७४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन्। पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved