नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको स्वास्थ्य उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल चिकित्सक संघको आयोजनामा मंगलबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार सधै संवेदनशील रहेको बताए ।

कोभिड–१९ महामारीको नियन्त्रणमा चिकित्सक तथा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रसंसा गरेका देउवाले डेंगु नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । बुधबारसम्म चल्ने सम्मेलनमा विभिन्न सातवटा विषयमा छलफल हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved