साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

नेपाल फाइनलमा फेरि चुक्यो

नेपाल पाँचपटकसम्म फाइनल पुगे पनि उपाधि जित्नबाट बन्चित भएको छ । वर्षाका कारण दुवै टिमले स्वभाविक खेल देखाउन सकेनन् ।

नेपालभ्युज

साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

काठमाडौं। बङ्गलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजक नेपाललाई ३–१ गोलअन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई तथा शामसुनाहरले एक गोल थपिन । नेपालका लागि अनिता बस्नेतले एक गोल फर्काइन् ।

१४ औँ मिनेटमा शामसुन्नाहरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन । कृष्णरानीले ४१ औँ मिनेटमा अग्रता दोब्बर बनाइन । ७० औँ मिनेटमा अनिता बस्नेतले गोल फर्काएसँगै नेपालको केही आशा देखिएको थियो । तर कृष्णरानीले ७६ औँ मिनेटमा  बङ्गलादेशको लागि तेस्रो गोल गरेपछि नेपाल पराजित भयो । 

नेपाल पाँचपटकसम्म फाइनल पुगे पनि उपाधि जित्नबाट बन्चित भएको छ । वर्षाका कारण दुवै टिमले स्वभाविक खेल देखाउन सकेनन् ।

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने बङ्गलादेश दोस्रो राष्ट्र बनेको छ । बङ्गलादेशको लागि पहिलो उपाधि हो । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved