एमालेले टुङ्गाे लगायो समानुपातिकतर्फका उम्मेदवार

नेपालभ्युज

एमालेले  टुङ्गाे लगायो समानुपातिकतर्फका उम्मेदवार

काठमाडौं ।  नेकपा एमालेले आगामी मंसिर  ४ गते हुने प्रतिनिधि  र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको नामावली टुङ्गाे लगाएकाे छ ।

आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिर प्रदेशसभा दुवैकाे समानुपातिकतर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो । संवैधानिक प्रावधानअनुसार सबै क्लस्टर समेटेर प्रतिनिधि सभाका लागि एक सय १० जना र प्रदेश सभाका लागि दुई सय २० जनाकाे नाम तय गरिएकाे पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उक्त नामावली  साेमवार निर्वाचन आयाेगमा बुझाउने  उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved