मदनले बालेनलाई भने- ‘व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस्’

मदनले बालेनलाई भने- ‘व्यक्तिको होइन, विधिको शासन कायम गर्नुस्’

काठमाडौं ।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् । काठमाडौंमा शुक्रबार काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ कलाकार श्रेष्ठले नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उनलाई शुभकामना दिए ।

सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताउनुभयो । उहाँले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिए ।

मह जोडी सम्मानित

कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कामपाले सम्मानित गरेको छ । दुवैदाई जनही ५१ हजारसहित सम्मान गरिएको हो । कलाकारिताको माध्यमबाट पु¥याउनुभएको योगदानको कदर गर्दै प्रमुख साहले कलाकार दुवैजनालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मान ग्रहणपछि कलाकार आचार्यले राजधानीको नगरपिता बन्नु सानो कुरा नभएको भन्दै नागरिकको अपेक्षाअनुसार काम गर्न सुझाव दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved