कमल थापाले गरे बालेन र सुनीताको प्रशंसा, सम्झिए टुकुचामा पौडी खेलेको त्यो दिन

नेपालभ्युज

कमल थापाले गरे बालेन र सुनीताको प्रशंसा, सम्झिए टुकुचामा पौडी खेलेको त्यो दिन

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयलाई धन्यवाद दिएका छन् ।

सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गर्दै उनले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई धन्यवाद दिएका हुन् ।

अध्यक्ष थापाले शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, ‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved