पूर्व न्यायाधीशहरु पनि महाभियोग समितिमा नजाने

नेपालभ्युज

पूर्व न्यायाधीशहरु पनि महाभियोग समितिमा नजाने
फाइल फोटो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नाम लिएका पूर्व प्रधानन्यायाधीश पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । यसअघि सर्वोच्च अदालतका न्यायाधीशले पनि समितिमा नजाने निर्णय गरेका थिए ।

समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशलाई आज बिहीबार बयानका लागि बोलाएको थियो । पूर्व न्यायाधीशले आन्तरिक छलफल गरेर समितिमा नजाने निर्णय गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएको भन्दै नजाने निर्णय गरेको थियो । आन्तरिक छलफल गरेर आफूहरु पनि सिफारिस समितिमा बयान दिन नजाने निष्कर्षमा पुगेको एक पूर्व न्यायाधीशले बताए ।
समितिले बिहीबार कानून व्यवसायीलाई पनि बयानका लागि बोलाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved