ओली विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता हुन्ः शंकर पोखरेल

नेपालभ्युज

ओली  विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता हुन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रूपमा चित्रण गरेका छन् ।

ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामर्थ्य भएको नेताको रूपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गरे ।

पार्टी निकट पेसागत महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामर्थ्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गरे ।

उनले मुलुकलाई विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढाउनका लागि बलियो राजनीतिक दल बनाउने कुरालाई संकल्पको रूपमा अघि बढाउनुपर्ने बताए ।

महासचिव पोखरेलले सबै राजनीतिक दलहरू उस्तै हुन् भन्नु मुलुकलाई निराशाका खाडलमा जाक्नु रहेको उल्लेख गर्दै जनतामा आशा भर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

महासचिव पोखरेलले संघीयता अनुकूलको कर्मचारीतन्त्र नहुँदा पनि मुलुकलाई अघि बढाउन कठिन भएको तर्क पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved