समानुपतिक उम्मेदवारको टुङ्गो लगाउँदै कांग्रेस

नेपालभ्युज

समानुपतिक उम्मेदवारको टुङ्गो लगाउँदै कांग्रेस

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले आजदेखि समानुपातिक उम्मेदवार छनोट गर्दै छ । मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । आज मध्यान्ह साढे १२ बजे केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक बस्ने कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

जिल्लाहरूबाट प्राप्त सिफारिसमाथि छलफल गरेर समानुपातिकको उम्मेदवार टुंगो लगाइने उनले बताए । एउटै क्षेत्रमा २०-२५ जनाको सिफारिस आएकाले मापदण्डअनुसार उम्मेदवारको टुंगो लगाइने उनको भनाइ छ ।

उनले भने-‘एउटै क्षेत्रमा धेरै जनाको सिफारिस परेको छ, आएका सिफारिसहरूमाथि छलफल गरेर मापदण्डअनुसार समितिले उम्मेदवार टुंगो लगाउने छ’ केन्द्रीय संसदीय समितिको बैठकले हिजो उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ।

स्थानीय तहबाट सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानका साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई विशेष ध्यान दिएर मात्र उम्मेदवारी टुंगो लगाउने जनाएको छ । प्रत्यक्ष उम्मेदवारको विषयमा भने गठबन्धनमा सिट बाँडफाँट गरेपछि मात्रै हुने बताइएको छ ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची २ र ३ असोजमा निर्वाचन आयोगमा बुझाउनुपर्ने छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved