सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा बालेनको डोजर

नेपालभ्युज

सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने अभियान जारी राखेको छ । आज बुधबार सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

पटक–पटक अनुरोध गर्दा पनि नहटाएका अवैध संरचनामा डोजर चलाएको महानगरको दाबी छ ।

अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीत बनाइएका बेसमेन्ट महानगरले डोजरको सहायतामा हटाइरहेको छ । महानगरले काठमाडौंका विभिन्न क्षेत्रमा अनधिकृत संरचना र मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउने अभियान नै चलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved