समिक्षाको प्रष्टिकरण- क्षतिपूर्ति बापत रकम माग गरेको र लिएको छैन

नेपालभ्युज

समिक्षाको प्रष्टिकरण- क्षतिपूर्ति बापत रकम माग गरेको र लिएको छैन

काठमाडौं । गायीका समिक्षा अधिकारीले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको प्रष्टिकरण दिएकी छन् ।

मंगलबार साँझ फेसबुकमा स्टाटस पोष्ट गर्दै उनले  सामाजिक संजालमा आफू  विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मानसपटलमा नकरात्मक प्रभाव परेको भन्दै यस्तो प्रष्टिकरण दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्-‘ सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’

उनलेे आफू बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेको र उक्त घटना आफ्नो साथै   नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद भएको बताएकी छन् ।

‘सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’ उनले लेखेकि छन् ।

उनले क्षतिपूर्ति बापतको रकम लिने  मनसाय नभएको बताएकी छन् ।उनले  आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग रहेको बताउँदै सबैको साथ, सहयोग र सकरात्मक विचारले आफ्नो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा रहेको बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved