चोलेन्द्रले नाम लिएका सबैलाई बोलाउँदै महाअभियोग सिफारिस समिति

नेपालभ्युज

चोलेन्द्रले नाम लिएका सबैलाई बोलाउँदै महाअभियोग सिफारिस समिति

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका सबैलाई बोलाउने भएको छ ।

जबराले बयानका क्रममा  पूर्वन्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्व पदाधिकारीहरूको नाम लिएका थिए ।

समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।

जबराले आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एसोसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई आरोप लगाएका थिए ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved