बेलायती राजा चार्ल्स तृतीयको संसदमा पहिलो सम्बोधन

नेपालभ्युज

बेलायती राजा चार्ल्स तृतीयको संसदमा पहिलो सम्बोधन

लण्डन । बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफुमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिए ।

भेला भएका महानुभावहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भने, ‘मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा शान्तिपूर्वक निधन भएको थियो ।’

उनले भने, ‘मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा असमान थियो । दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं ।’

उनले अगाडि भने, ‘म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु । जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ ।’

उनले भने, ‘यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।’

उनले क्राउन इस्टेटलगायत वंशाणुगत राजस्व समर्पण गर्ने परम्परालाई निरन्तरता दिन आफ्नो इच्छा र मनसाय दोहोर्‍याए ।

गत हप्ता भएकोे ९६ वर्षीया महारानीको निधनले सात दशक लामो शासनको अन्त्य गरेको छ । उनलाई उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक बनाएको थियो ।

बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जलिको ओइरो लागेको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved