हलिउडको फिल्मको जस्तै फोटोसुट गरेपछि स्वस्तिमा बनिन् ट्रोल

टम्ब रेइडर’ फिल्मको पोष्टरमा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले जस्तो गरेकी छिन् त्यस्तै गरेको कारणले स्वस्तिमालाई ट्रोल बनाइएको हो।
कतिपयले भने हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल – एक्सटिङ्सन’बाट स्वस्तिमा प्रभावित भएर फोटो सूट गरेको बताएका छन्।

नेपालभ्युज

हलिउडको फिल्मको जस्तै फोटोसुट गरेपछि स्वस्तिमा बनिन् ट्रोल
फाइल फोटो

काठमाडौं। चर्चित अभिनेत्री स्वस्तिमा खड्काले आइतबार साँझ फेसबुक पेज र इन्स्टा आइडीमा एकैसाथ एक्सन अवतारको फोटो पोस्ट गरेपछि ट्रोल बनेकी छिन्। दुवै हातमा पेस्तोल लिएर खतरनाक अवतारमा उत्रिएपछि ट्रोल बनाइएको हो।

उनले पेस्तोल लिएर खतरनाक अवतारमा उत्रिएकाले भने ट्रोल बनेको होइन। ‘बी अ लेडी – दे सेड’ क्याप्सनसहित उनले राखेको फोटोको स्टाइल हलिउड फिल्मबाट कपी भएको भन्दै कमेन्टहरूमा उनलाई उडाउन थालिएको छ।

हलिउडको चर्चित एक्सन फिल्म ‘टम्ब रेइडर’बाट प्रभावित भएर स्वस्तिमाले फोटो खिचाएको भन्दै उनी ट्रोल बनिरहेकी छन्। टम्ब रेइडर’ फिल्मको पोष्टरमा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले जस्तो गरेकी छिन् त्यस्तै गरेको कारणले स्वस्तिमालाई ट्रोल बनाइएको हो।

कतिपयले भने हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल – एक्सटिङ्सन’बाट स्वस्तिमा प्रभावित भएर फोटो सूट गरेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved