रामकुमारी झाँक्री भन्छिन् : यो गम्भीर निर्णय लिने समय हो

नेपालभ्युज

रामकुमारी झाँक्री भन्छिन् : यो गम्भीर निर्णय लिने समय हो

काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अब सबैले गम्भीर निर्णय लिने बेला आएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा लेखेर झाँक्रीले यो निर्वाचन आजसम्मको इतिहासको एउटा समीक्षा भएकाले गम्भीर निर्णय लिने समय भएको बताएकी छिन्। उनले अबको निर्वाचनपछि देशले कुन दिशा लिन्छ भन्ने कुराको निर्क्योल गर्ने पनि बताएकी छिन्।

नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग चुनाव लड्ने तयारी गरेकी झाँक्री यतिबेला गुल्मी क्षेत्र नम्बर २ का गाउँ गाउँमा डुलिरहेकी छिन् । उनले गुल्मीमा एउटा विरासत तोड्न जरूरी रहेको पटक पटक दोहोर्‍याउँदै आएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved