केहि ठाउँमा भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम झनै सक्रिय हुने

दिउँसो  वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। 

नेपालभ्युज

केहि ठाउँमा भारी वर्षाको सम्भावना, सोमबारदेखि मौसम झनै सक्रिय हुने
सांकेतिक तश्वीर

काठमाडौं। आज आइतबार पनि देशका केहि ठाउँमा भारी वर्षाको सम्भावना छ । विगत केहि दिनदेखि ठाउँ ठाउँमा ठूलो पानी परिरहेको छ । आइतबार दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ ।

तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार दिउँसो  वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।  यस्तै, राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

पर्सि मङ्गलबारदेखि मनसुनी गतिविधि थप सक्रिय हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । प्रधानाङ्गका अनुसार मनसुनसँगै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो ।

अहिले भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved