यसरी मनाइयो इन्द्रजात्रा (तस्वीरहरू)

राष्ट्रपति भण्डारीलगायतका विशिष्ट व्यक्तिहरूले अवलोकन गरेपछि रथलाई जैसीदेवल, लगन, ब्रम्हटोल, भिमसेनस्थान लगायतका स्थानमा पुर्‍याइ पुनः वसन्तपुर ल्याइएको थियो। रथयात्रा अवलोकनका लागि वसन्तपुरमा सर्वसाधारणको उल्लेख्य भीड थियो।

यसरी मनाइयो इन्द्रजात्रा (तस्वीरहरू)

काठमाडौं। देवराज इन्द्रको पूजा–आरधना गरी इन्द्रजात्रा पर्व मनाइएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्राको आज मुख्य दिन राष्ट्र प्रमुखलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा मनाइएको हो।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेरेकी छिन्।

राष्ट्रपति भण्डारीलगायतका विशिष्ट व्यक्तिहरूले अवलोकन गरेपछि रथलाई जैसीदेवल, लगन, ब्रम्हटोल, भिमसेनस्थानलगायतका स्थानमा पुर्‍याई पुनः वसन्तपुर ल्याइएको थियो। रथयात्रा अवलोकनका लागि वसन्तपुरमा सर्वसाधारणको उल्लेख्य भीड थियो।

हेरौँ , इन्द्रजात्राको अवसरमा भएका गतिविधिका केही तस्वीरहरू ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved