वर्ल्डलिंकले ल्यायो दशैँ अफर

नेपालभ्युज

वर्ल्डलिंकले ल्यायो दशैँ अफर

काठमाडौं। वर्ल्डलिंकले दशैँको अवसरमा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफरअन्तर्गत ग्राहकहरूले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरू प्राप्त गर्न सक्नेछन् ।

पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । यसैगरी “2 Routers” प्याकेज अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० Mbps इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबैभन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “Smart Offer” अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) Nokia Beacon 1.1 Mesh Router, २०० Mbps को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरूलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक NETTV मात्र रु १५० मा प्राप्त गर्ने छन्। यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरूमा उपलब्ध रहको कम्पनीले जनाएको छ ।

यसैबीच, NETTV ले “NETTV fesTVty” दशैं अफर ल्याएको छ। यस दशैँ अफरमा NETTV ले TV र NETTV Subscription को बन्डल अफर एकदम सुपथ मूल्यमा बजारमा ल्याएको जनाएको छ । “NETTV fesTVty” अफर अन्तर्गत NETTV को सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले YASUDA को ३२ इन्च को YS-३२NWN मोडल LED TV वा ४३ इन्च को YS-४३NWS मोडलको Bezel -Less SMART TV खरिद गर्ने सक्नेछन् । ३२ इन्च को TV को NETTV सेट टप बक्स र एक वर्षे प्लानको मूल्य VAT सहित रु १४,९९९ रहेको छ भने ४३ इन्च TV को NETTV सेट टप बक्स र एक वर्षे प्लानको मूल्य VAT सहित रु २९,२९९ रहेको छ। दुवै प्लान मा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्ने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved