कांग्रेसमा टिकट खरिद ब्रिक्री हुने गरेको पूर्व राष्ट्रपति यादवको आरोप

पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको भन्दै उनले चिन्ता जनाए । समानुपातिकबाट सांसद बन्न टिकट बिक्रीको चलखेल हुने गरेको यादवको आरोप छ । स्थानीय निर्वाचनमा पनि टिकट खरिद बिक्री भएको उनले आरोप लगाए ।

नेपालभ्युज

कांग्रेसमा टिकट खरिद ब्रिक्री हुने गरेको पूर्व राष्ट्रपति यादवको आरोप
फाइल तस्वीर

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसमा टिकट किन्ने प्रवृति बढेको भन्दै चिन्ता जनाएका छन् ।

काठमाडौंमा बिहीबार भएको बीपी साहित्य सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले कांग्रेस अहिले रामराम भन्नुपर्ने अवस्थामा पुगेको बताए । चुनावमा उम्मेदवार हुन टिकट किनेर कांग्रेसमा प्रवेश गर्ने प्रवृति देखिएको भन्दै उनले यस्तो अवस्थामा रामरामवाहेक केही भन्न नसकिने उल्लेख गरे ।

पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको भन्दै उनले समानुपातिकबाट सांसद बन्न टिकट बिक्रीको चलखेल हुने गरेको आरोप लगाए । स्थानीय निर्वाचनमा पनि टिकट खरिद बिक्री भएको यादवको दाबी छ ।

जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबन्डा गर्नुपरेको भन्दै पूर्वराष्ट्रपति यादवले बीपीको आदर्श पछ्याउन कोही पनि तयार नदेखिएको गुनासो पनि गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved