गाई नपाएपछि कमल थापाले भने- चलखेल, दबाब र सेटिङको ज्वलन्त उदाहरण

नेपालभ्युज

गाई नपाएपछि कमल थापाले भने- चलखेल, दबाब र सेटिङको ज्वलन्त उदाहरण
फाइल तस्वीर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अध्यक्ष थापाले अदालतले चलखेल, दबाब र सेटिङ मिलाएर चुनाव चिन्हसम्बन्धी फैसला गरेको आरोप लगाएका छन् ।

दुई महिनाअघि गाई चिन्ह पाउनुपर्ने माग राख्दै  दायर गरेको रिट सर्वोच्चले आज खारेज गरिदिएपछि उनको  यस्तो प्रतिक्रया आएको हो ।

‘अदालतको फैसला शिरोधार्य छ । तर,गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र ’सेटिङ’ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।’ उनले फेसबुक सन्देशमा लेखेका छन् ।

‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननीय कुमार रेग्मी र माननीय तिलप्रसादको ईजलासले गर्यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ । ओठे जवाफ दिन सकिएला, तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ ।’ उनले भनेका छन् ।

अदालत र निर्वाचन आयोगलाई चुनौती दिँदै उनले  प्रश्न गरेका छन्, ‘ कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ?’ उनले अगाडी प्रश्न गरेका छन् ‘दलले आफ्नो चिन्ह रोज्न÷परिवर्तन गर्न कुन कानुनले रोकेको छ ? देखाउनुहोस् । जनताले पनि हेरोस्,बुझोस् ।’

आफूलाई गाई नदिने सर्वोच्चको फैसलालाई उनले देशमा एउटा बलियो राष्ट्रवादी, हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म, संस्कृति र परम्परा कमजोर बनाउन भइरहेको देशी विदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्रअन्तर्गतकै एउटा कडीको रुपमा लिएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved