लोसपाको धनुषा–३ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस

लोसपाको धनुषा–३ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस

जनकपुरधाम। आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा प्रतिनिधिसभा निर्वाचनका क्षेत्र ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोको नाम सिफारिस भएको छ ।

सोमबार बसेको निर्वाचन क्षेत्र ३ को क्षेत्रीय कमिटीले सर्वसम्मतले महतोको नाम सिफारिस गरेको हो । धनुषा निर्वाचन क्षेत्र ३ को क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यका लागि महतोको एकल नाम सिफारिस भएको लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले जानकारी दिए । महतो सो क्षेत्रका वर्तमान सांसद हुन् । उनी तत्कालीन (राजपा) बाट निर्वाचित भएका थिए ।

२०७४ निर्वाचनमा महतो झन्डै ३ हजार मतान्तरले निर्वाचित भएका थिए। तत्कालीन (राजपा) बाट उम्मेदवारी दिएका महतोले ३० हजार ७५० मत ल्याएर विजयी हुँदा नेपाल कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले २७ हजार ८४७ मत पाएका थिए।

जसपाले यसअघि धनुषा निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यको लागि ४ जनाको नाम सिफारिस गरिसकेका छन्। जितेन्द्र यादव, लालकिशोर साह, विजय भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

त्यस्तै, एमालेले पोलिटिब्युरो सदस्य जुली कुमारी महतोको एकल नाम सिफारिस गरेको हो। नेपाली कांग्रेसबाट चुनाव लड्दै आएका विमलेन्द्र निधिले आगामी निर्वाचनमा प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेको छन्। नेता निधिको नाम समानुपातिकमा सिफारिस भएको छ भने काँग्रेसबाट यस क्षेत्रको लागि गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved