आर्सनल विजयी यात्रा निरन्तरता दिने योजनामा, युनाइटेड चौथो जितको खोजीमा

नेपालभ्युज

आर्सनल विजयी यात्रा निरन्तरता दिने योजनामा, युनाइटेड चौथो जितको खोजीमा

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा आज आर्सनल र म्यान्चेस्टर युनाइटेड भिड्दै छन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार हुने खेलमा आर्सनल र यूनाइटेड नेपाली समयअनुसार राति सवा ९ बजे आमने–सामने हुनेछन् ।

आर्सनल आफ्नो विजयी यात्रालाई निरन्तरता दिन छैटौँ जित निकाल्ने योजनामा रहेको छ । युनाइटेड भने चौथो जित निकाल्न मैदान प्रवेश गर्नेछ ।

५ खेलमा लगातार जित निकालेको आर्सनल १५ अंकसहित खेल तालिकाको शीर्ष स्थानमा रहेको छ । ३ खेलमा जित निकालेको युनाइटेड भने ९ अंकसहित आठौँ स्थानमा रहेको छ ।

विगतको ८ भिडन्तमा आर्सनलले ७ पटक युनाइटेडलाई पराजित गरेको थियो । यद्यपि, युनाइटेडको गृह मैदानमा आर्सनलले प्रिमियर लिगअन्तर्गत खेलेको विगतको १५ खेलमा मात्र १ खेल जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved