महाभियोग प्रकरण

विवेक प्रयोग गरेर रञ्जन कोइरालाको सजाय घटाएको राणाको तर्क

संसदीय समितिमा चोलेन्द्र शम्सेर जबराको बयान

पारिवारिक रुपमा पीडा देख्न नसकेर कोइरालाको सजाय घटाएको जबराले तर्क गरेका थिए । आफूलाई यही कारणले महाभियोग लगाएको भए प्रायश्चित छ भन्दै जबराले माफी मागेको विश्वकर्माले संचारकर्मीलाई बताए । 

नेपालभ्युज

विवेक प्रयोग गरेर रञ्जन कोइरालाको सजाय घटाएको राणाको तर्क

काठमाडौं ।  महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासँग संसदीय समितिले आइतबार पनि बयान लिएको छ । समितिले आज दुईवटा मुख्य प्रश्न सोधेको थियो ।

समिति सदस्य मीन विश्वकर्माका अनुसार न्यायायिक प्रक्रियामा भइरहेको ढिलाई र हत्यामा दोषी ठहर भएका रञ्जन कोईरालाको सजाय घटाउने फैसलाबारे जबरासँग प्रश्न गरिएको थियो । विश्वकर्माका अनुसार कोइरालाको सजाय घटाउने फैसलामा जबराले माफी मागेका छन् ।

पारिवारिक रुपमा पीडा देख्न नसकेर कोइरालाको सजाय घटाएको जबराले तर्क गरेका थिए । आफूलाई यही कारणले महाभियोग लगाएको भए प्रायश्चित छ भन्दै जबराले माफी मागेको विश्वकर्माले संचारकर्मीलाई बताए ।

जबराले यो मुद्दामा आफूले विवेक प्रयोग गरेको तर्क गरेका थिए । श्रीमतीको हत्या गरेको अभियोग लागेका कोइरालालाई २० वर्षको जेल सजाय तोकिएकोमा जबराले घटाएर साढे ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएको पनि जबराको तर्क थियो ।

न्यायप्रक्रियामा भएको ढिलाईबारे भने जबराले मुद्दा धेरै हुने र जनशक्ति कम भएको जवाफ दिए । तर आफूले जतिसक्दो छिटो मुद्दा टुङ्याउन प्रयास गरेको उनको दाबी थियो । समितिले जबरासँग आज तेस्रो पटक बयान लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved