कांग्रेसले हैसियतभन्दा धेरै सिट माग्यो, ७० सम्म दिन सकिन्छ : माधव नेपाल

उनले भने, ‘कांग्रेसले एक सय सिट मागेको छ, २०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सकिन्छ । हामी ७० भन्दैछौं, उनीहरु सय माग्दैछन् त्यसैले मिलाउन गाह्रो भएको छ ।’

नेपालभ्युज

कांग्रेसले हैसियतभन्दा धेरै सिट माग्यो, ७० सम्म दिन सकिन्छ : माधव नेपाल
फाइल तस्वीर

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसले हैसियतभन्दा धेरै सिट मागेकाले बाँडफाँट टुङ्गो नलागेको दाबी गरेका छन् ।

शनिबार बिराटनगरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा सिटको बाँडफाँट हुन नसक्नुमा कांग्रेस नै मुख्य जिम्मेवार रहेको आरोप लगाए ।

कांग्रेसमा अहंकार देखिएकाले अस्वभाविक दाबी गरेको पनि नेपालले बताए । आफूहरुले पनि कांग्रेसलाई हैसियत भन्दा बढी दाबी नगर्न चेतावनी दिएको उनले सुनाए ।

नेपालले कांग्रेसलाई अधिकतम ७० सिट दिन सकिने समेत बताए । उनले भने, ‘कांग्रेसले एक सय सिट मागेको छ, २०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सकिन्छ । हामी ७० भन्दैछौं, उनीहरु सय माग्दैछन् त्यसैले मिलाउन गाह्रो भएको छ ।’

सहमति नभए आफ्नो दल एक्लै चुनावमा भिड्ने पनि अध्यक्ष नेपालले बताए । तर बालुवाटारमा बालुवा पेल्ने काम भने जारी रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved