म्यानुअल अकान्जी सिटीमा अनुबन्ध

नेपालभ्युज

म्यानुअल अकान्जी सिटीमा अनुबन्ध

काठमाडौं।  म्यानचेस्टर सिटीले स्विटजरल्यान्डका डिफेन्डर म्यानुअल अकान्जीलाई आबद्ध गरेको छ। सिटीले बोरुसिया डर्टमन्डमा रहेका अकान्जीलाई पाँच वर्षका लागि टोलीमा अनुबन्धन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको हो ।

‘यहाँ आउँदा म निकै खुसी छु । यात्रा सुरु गर्नको लागि आतुर छु’ अकान्जीले हर्ष व्यक्त गर्दै भने, ‘विगतको सिजनहरूमा सिटी युरोपको उत्कृष्ट टोलीको सूचीमा पर्दै आएको छ ।’

सिटीका पेप ग्वार्डिओला विशेष म्यानेजर भएको र टोलीले सोही विशेषता देखाउने भएकोले यो अवसर उत्साहले भरिपूर्ण भएको अकान्जीले जानकारी गराए ।

२७ वर्षीय अकान्जीले डर्टमन्डका लागि १ सय ५८ खेलमा प्रतिनिधित्व गरिसकेका छन् । साथै, आगामी विश्व कप फुटबलमा स्विटजरल्यान्डलाई छनोट गराउन पनि उनले विशेष भूमिका खेलेका छन् । उनले स्विटजरल्यान्डको लागि ४१ खेल खेलिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved