महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

नेपालभ्युज

महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिँदै छ ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरूले सुरक्षा दिँदै भित्रसम्म पुर्‍याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ ।

समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ ।

गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved