टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : केन्याद्वारा नेपाल पराजित

नेपालभ्युज

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : केन्याद्वारा नेपाल पराजित

काठमाडौं ।  चाैथाै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल केन्यासँग सात रनले पराजित भएकाे छ । केन्याकाे याे जितसँगै पाँच खेलकाे शृङ्खलामा दुई–दुईकाे बराबरी भएकाे छ ।

केन्याले दिएकाे एक सय दुई रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमात्र बनायो ।

नेपालका लागि राेहित पाैडेलले ४७ रन बनाए भने बलिङतर्फ केन्याका राकेप पटेलले तीन विकेट लिए ।

२० ओभरमा अलआउट हुँदै एक सय एक रन बनाएको केन्याका लागी लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाएका थिए ।  बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिएका थिए ।

अब पाँचाैँ तथा निर्णायक खेल मंगलबार  हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved