न्यायालयको अवहेलना गरेको भन्दै बालेनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

नेपालभ्युज

न्यायालयको अवहेलना गरेको भन्दै बालेनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनविरूद्ध न्यायालयको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

मेयर शाहको एउटा स्टाटसले न्यायालयको अवहेलना भएको तर्क गर्दै अधिवक्ता दिपकराज जोशीले सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् । मेयर बालेनले नर्भिक अस्पतालको जग्गा प्रकरणमा संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै स्टाटस लेखेका थिए । त्यसले अदालतको अवहेलना भएको भन्दै जोशीले मुद्दा हालेका हुन् ।

काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। तर नर्भिकले हालेको मुद्दामा अदालतले तत्काल ती संरचना नहटाउन आदेश दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved