नागरिकता विधेयकमाथी संसदीय समितिमा छलफल हुँदै

नेपालभ्युज

नागरिकता विधेयकमाथी संसदीय समितिमा छलफल हुँदै
प्रतिकात्मक तश्वीर

काठमाडौं । नागरिकता विधेयकमाथी आज सोमबारदेखि संसदीय समितिमा छलफल हुँदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल हुन लागेको हो  । समितिको बैठक दिउँसो १२ बजेको लागि बोलाईएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ । प्रतिनिधिसभाबाट हुबहु पारित गरेको विधेयकलाई आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।

आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए । विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved