हेटौडा पनि काठमाडौंकै बाटोमा, अवैध संरचनामा डोजर चल्ने

३५ दिने सूचना जारी गर्ने तयारी भएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले नेपाल भ्युजलाई बताईन् । उनले भनिन. ‘हाम्रो क्षेत्रधिकारभित्र पर्ने सडक मिचेर, विना नक्सा बनाईएका संरचना खाली गर्न सूचना प्रकाशन गर्ने तयारी गरेका छौँ, यदि सूचनाको हदम्याद भित्र संरचना हटाइएन भने उपमहानगरपालिकाले आफ्नो काम गर्नेछ ।’

नेपालभ्युज

हेटौडा पनि काठमाडौंकै बाटोमा, अवैध संरचनामा डोजर चल्ने

हेटौंडा । काठमाडौं महानगरमा अवैध संरचना हटाउने कार्य तिब्र गतिमा अघि बढिरहँदा अन्य शहरले पनि सिको गर्न थालेका छन् । कीर्तिपुर नगरपालिकापछि हेटौडा उपमहानगरले पनि सडक र सार्वजनिक जग्गा मिचेर बनेका संरचनामा डोजर लगाउने तयारी गरेको छ ।

त्यसकै लागि ३५ दिने सूचना जारी गर्ने तयारी भएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले नेपाल भ्युजलाई बताईन् । उनले भनिन. ‘हाम्रो क्षेत्रधिकारभित्र पर्ने सडक मिचेर, विना नक्सा बनाईएका संरचना खाली गर्न सूचना प्रकाशन गर्ने तयारी गरेका छौँ, यदि सूचनाको हदम्याद भित्र संरचना हटाइएन भने उपमहानगरपालिकाले आफ्नो काम गर्नेछ ।’

अवैध संरचनाको कारण हेटौंडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाको नेतृत्व तात्तिएको हो । ३५ दिने सूचना जारी गरेर त्यस्ता संरचना आफै हटाउन निर्देशन दिने अटेर गरे भत्काउने उपमहानगरको तयारी छ ।

काठमाडौं महानगरले अनधिकृत संरचना भत्काउन थालेपछि अन्य नगरमा पनि जनप्रतिनिधिलाई स्थानीयको दबाब बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved