बालेनको डोजर शनिबार पनि सक्रिय, वनस्थलीमा अवैध संरचना भत्काइयो

नेपालभ्युज

बालेनको डोजर शनिबार पनि सक्रिय, वनस्थलीमा अवैध संरचना भत्काइयो

काठमाडौं । महानगरका मेयर बालेन्द्र शाह बालेनले शनिबार पनि अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिएका छन् ।

महानगरको टोलीले शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा बनेका अनधिकृत घर टहरा भत्काएको छ । सार्वजनिक जग्गामा रहेका र स्वीकृत नलिई बनाइएका घर टहरा भत्काइएको हो ।

डोजर  लगाउँदा केही स्थानीयले विरोध जनाए पनि महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली सुरक्षामा खटिएको थियो ।

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा अनधिकृत ७ वटा टहरा, ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काइएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved