एमाले बैठकको रोचक दृश्य– महासचिव बोल्दै, कोही फोनमा, कोही निदाउँदै

महासचिव शंकर पोखरेलले आफ्नो धारणा राखेका थिए। तर, महासचिव पोखरेलले बोल्नेक्रममा खिचिएको एक फोटोमा उनको भाषण कसैले ध्यान दिएको देखिँदैन। कोही फोन चलाउँदै छन्। कोही निदाउँदै गरेका देखिन्छन्। कोही गफ गरिरहेका र सुनिरहेका देखिन्छन्।

नेपालभ्युज

एमाले बैठकको रोचक दृश्य– महासचिव बोल्दै, कोही फोनमा, कोही निदाउँदै

काठमाडौं। शुक्रबारबाट शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको रोचक फोटो सार्वजनिक भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा महत्त्वपूर्ण विषयमा छलफल गर्ने भन्दै बसेको बैठकमा अधिकांश पदाधिकारी तथा सदस्यहरूले एजेन्डामा ध्यान दिएको देखिँदैन।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

महासचिव शंकर पोखरेलले आफ्नो धारणा राखेका थिए। तर, महासचिव पोखरेलले बोल्नेक्रममा खिचिएको एक फोटोमा उनको भाषण कसैले ध्यान दिएको देखिँदैन। कोही फोन चलाउँदै छन्। कोही निदाउँदै गरेका देखिन्छन्। कोही गफ गरिरहेका र सुनिरहेका देखिन्छन्।

महासचिव पोखरेल अगाडि बोलिरहेका छन्। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल गफमा मस्त देखिन्छन्। उनीहरूको गफलाई एक सीट पर रहेका उपमहासचिव प्रदीप ज्ञवालीले सुनिरहेका छन्। उपाध्यक्षद्धयहरू अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे फोनमा बोलिरहेका छन्।

दुई उपाध्यक्षहरू विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ मोबाइल चलाइरहेका देखिन्छन्। उपाध्यक्ष युवराज ज्ञवाली मञ्चमै निदाइरहेका छन्।
तल बसेका सचिव पद्मा अर्याल, योगेश भट्टराईले पनि अगाडी ध्यान दिएका छैनन्।

उनीहरू मोबाइलमै व्यस्त छन्। सचिव लेखराज भट्ट र रघुवीर महासेठ निदाएकाजस्ता देखिन्छन्। अर्का सचिव गोकर्ण विष्टले अरू सचिवका गतिविधि नियालिरहेका देखिन्छन्।

बीचमा रहेका अर्का एक सचिवको टाउको हेर्दा अगाडी ध्यान दिएको जस्तो लाग्दैन। दोस्रो बेन्चमा बसेकाहरूले पनि कोही मोबाइल चलाइरहेका देखिन्छन्। कोही निदाइरहेका छन्। फोटोमा पछाडिको दृश्य भने कैद भएको छैन।

बैठकमा अध्यक्ष ओलीले ‘जसरी भए पनि एमालेले चुनाव जित्नैपर्छ र हार्न नमिल्ने’ बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved