सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुश्किल, आज पनि कार्यदलको बैठक बस्दै

नेपालभ्युज

सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुश्किल, आज पनि कार्यदलको बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धनका दलले आउँदो निर्वाचनको लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा सिट बाँडफाँटको आधार र गत चुनावमा दलले पाएका मत समेटिएको प्रतिवेदनबारे छलफल हुनेछ । शुक्रबार नै कार्यदलले काम सकेर शीर्ष नेतालाई ब्रिफिङ् गर्ने तयारी छ ।

आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ । गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि बिहीबार शीर्ष नेताहरु बैठक बसेको थियो ।

एक नेताका अनुसार नेपाली कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । माओवादीले यसअघि जितेको ठाउँमा स्वतः सम्बन्धित दलले नै टिकट पाउने र एमालेले जितेको ठाउँमा भागबण्डा गर्नुपर्ने मागलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved