हाजिर भएको दुई घण्टा नबित्दै काठमाडौंमा सरुवा

नेपालभ्युज

हाजिर भएको दुई घण्टा नबित्दै काठमाडौंमा सरुवा

रोतहट। जिल्ला समन्वय समिति रौतहटमा हाजिर भएको दुई घण्टा नबित्दै एक खरिदारलाई काठमाडौंमा सरुवा गरिएको छ । मन्त्रालयले खरिदार आचार्यको साउन ६ गते सरुवा गरेको थियो । समन्वय समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आचार्यलाई रौतहट हाजिर गराइएको थियो।

आचार्यले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमबार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आचार्यको हाजिर गराएको थियो । आचार्य हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।

उक्त पत्रमा आचार्यलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइयो, तर आचार्यलाई भने मन्त्रालयको निर्णय थाहा नै थिएन । उनको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालयमार्फत साउन २३ गतेकै मितिमा खरिदार आचार्यलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाडौंमा काज सरुवा गरेको पत्र प्राप्त भएपछि आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताए ।

‘मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठूलो गल्ती गरेको छ,’ समन्वय समितिका प्रमुख साहले भने, ‘हाजिर गराएको दुई घण्टा नबित्दै हुलाकमार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाएँ ।’ यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उनको सरुवा भएको रहस्य खुलेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved