नेकपा विभाजनले स्थानीय तहमा डेढ सय सिट गुम्यो : घनश्याम भुसाल

नेपालभ्युज

नेकपा विभाजनले स्थानीय तहमा डेढ सय सिट गुम्यो : घनश्याम भुसाल

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले यस्तो बताएका हुन् । ‘कम्तिमा १५० स्थानीय तह कम्युनिस्ट पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिस्ट को नालायकी हो । फेरि निर्वाचन आउँदैछ’, भुसालले राखेको चार पेज लामो फरक मतमा भनिएको छ ।

त्यस्तै, मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वाममोर्चा बनाउन जोड गरेका छन् । भुसालले भनेका छन्, ‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्ष तर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिस्ट पार्टीले गुमाउने कुरा छर्लङ्ग छ ।’

साथै, नेकपाको विभाजन कम्युनिष्ट पार्टीका विरुद्ध भयानक कारणका रुपमा प्रयोग भएको तथा विभाजन मुलुकको लोकतान्त्रिक स्थिरता, राष्ट्रिय हित र स्वाधिनताको रक्षाका साथै समृद्धिका विरुद्ध पनि प्रयोग भएको उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved