अभिनेता पल शाहविरुद्धको मुद्दाको पेशी स्थगित

नेपालभ्युज

अभिनेता पल शाहविरुद्धको मुद्दाको पेशी स्थगित
फाइल तस्वीर
काठमाडौं : अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी  स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा आजकालागि तोकिएको पेशी स्थगित भएको जनाइएको छ । पेशी स्थगित भए पनि नयाँ पेशी भने तोकिएको छैन ।
यता तनहुँ जिल्ला अदालतले भने १५ भदौका लागि पेशी तोकेको हो  । पल अहिले  बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका छन् । गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
उजुरी परेको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved