बालेनले डोजर चलाएपछि दिपकराज गिरीले किन सम्झिए बाबुराम ?

नेपालभ्युज

बालेनले डोजर चलाएपछि दिपकराज गिरीले किन सम्झिए बाबुराम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृतरूपमा निर्माण भएका संरचनामा डोजर लगाएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा  स्टाटस लेख्दै बालेनको प्रशंसा गर्दै बाबुरामलाई पनि सम्झिएका छन् ।

राजनीतिक आडमा रहेर काम नगर्ने मेयरहरूलाई गिरीले व्यंग्य पनि गरेका छन् । उनले लेखेका छन्- ‘बालेन जे गर्दैछन् ,बाबुरामले जे गरे भोट घटला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरुलाइ छुन समेत नसक्ने मेयरहरूले केही सिक्छन् कि?’

महानगरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचना तथा त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि यसरी नै काठमाडौंमा अवैध संरचना भत्काउन डोजर चलाएका थिए । बाबुरामकै हिम्मतका कारण काठमाडौंका सडक फराकिलो बनेका थिए । त्यसैले गिरीले बालेनको प्रशंसा गर्दा बाबुरामलाई पनि सम्झिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved