समानुपातिक निर्वाचनतर्फ भाग लिने दललाई निवेदन दिन आयोगको सूचना

निर्वाचन आयोगले आज बुधबार सूचना निकालेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई आउँदो १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न भनेको छ ।

नेपालभ्युज

समानुपातिक निर्वाचनतर्फ भाग लिने दललाई निवेदन दिन आयोगको सूचना
फाइल फोटो

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचनतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न सूचना निकालेको छ । यो सँगै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु भएको छ ।  निर्वाचन आयोगले आज बुधबार सूचना निकालेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई आउँदो १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न भनेको छ ।

दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved