प्रतिनिधिसभा बैठक आजदेखि एक साता स्थगित

नेपालभ्युज

प्रतिनिधिसभा बैठक आजदेखि  एक साता स्थगित
फाइल तश्वीर

काठमाडौं । प्रतिनिधिसभा बैठक एक साता स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधिसभा बैठक नराख्न सभामुखसमक्ष आग्रह गरेपछि स्थगित भएको हो ।

एमालेको आग्रहअनुसार प्रतिनिधिसभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

नेकपा एमालेको आज स्थायी कमिटी, ९ गते पोलिटब्युरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved