‘एक पटक राष्ट्रपति, दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौं : महामन्त्री शर्मा

नेपालभ्युज

‘एक पटक राष्ट्रपति, दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एकपटक राष्ट्रपति र दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । शनिबार काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न  प्रस्ताव गरेका हुन् ।

राजनीतिलाई रूपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुनुपर्ने तर्क राख्दै उनले एक व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिन नहुने बताए ।

उनले दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुस्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने बताए

‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्‍यो ।  मैले त भन्ने गरेको छु–राजनीतिलाई दुस्मनीको रूपमा पनि लिनु हुन्न’, उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved