गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

नेपालभ्युज

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन
फाइल फोटो

पोखरा । गण्डकी प्रदेशमा आवश्यक मध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।

वार्षिक रुपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृषि विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए ।

कृषक समूह, सहकारी तथा निजी क्षेत्रको अलावा गण्डकीमा सङ्घीय कार्यालय अन्तर्गत मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले विशेष गरी रायो, मुला, गाँजर, बन्दा, काउली, आलु लगायतको बीउ उत्पादन गर्दै आएको रेग्मीले बताए ।

गुणस्तर जाँच्न प्रदेशस्तरीय बीउ बिजन प्रयोगशाला रहेको छ । गण्डकीमा खाद्यान्न तथा तरकारी बालीको श्रोत बीउ उत्पादनका लागि कृषि अनुसन्धान निर्देशनालय लुम्ले र बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखरा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved