दार्चुला दुर्घटना अपडेट : मृतक सबैको सनाखत

दार्चुला दुर्घटना अपडेट : मृतक सबैको सनाखत

दार्चुला ।  दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट आज दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से१ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो ।
जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।

जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved