साझा चिन्हमा चुनाव लड्न माओवादी र नेसपाले भोलि संयुक्त निवेदन दिने

नेपालभ्युज

साझा चिन्हमा चुनाव लड्न माओवादी र नेसपाले भोलि संयुक्त निवेदन दिने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले साझा चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न भोलि मंगलबार निर्वाचन आयोगमा संयुक्त रुपमा निवेदन दिने भएका छन् ।

दुबै पार्टीको केन्द्रीय समितिको निर्णयसहित निर्वाचन आयोग पुगेर अनुसूची १३ बमोजिम निवेदन दिने तयारी भएको दुबै दलका नेताले बताएका छन् । दुई दलबीच साझा चिन्ह, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ ।

सोही सहमति अनुसार मंगलबार आयोग पुगेर संयुक्त निवेदन दिनका लागि आवस्यक तयारी भइरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । माओवादी केन्द्रसँग भएको सहमति जानकारी गराउन नेसपाले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर नै आयोगमा बुझाउने तयारी गरेको छ ।

माओवादीले मंगलबार विहानका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बैठकले सहमति अनुमोदन गरेपछि सोही जानकारी लिएर आयोग जाने तयारी छ । सोमबार बस्ने भनिएको माओवादीको बैठक मंगलबारका लागि सारिएको हो ।

माओवादीले निर्वाचन प्रयोजनका लागि आइतबार नै दल दर्ता गरेको छ । यो दल दर्ता अनुसूची १२ बमोजिमको प्रक्रिया भएको र संयुक्त रुपमा लड्न १३ अनुसार छुट्टै निवेदन दिनुपर्ने भएकाले मंगलबार संयुक्त रुपमा जान लागेको उपाध्यायले बताए ।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच पटक-पटक भएका वार्तामा पार्टी एकताको सहमति भएको थियो । हाल एउटै भएर चुनावमा जाने र पछि एकताको औपचारिक घोषणा गर्ने दुई नेताबीच सहमति बनेको छ ।

 

यो पनि‍‍‍‍…
प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा, पार्टी एकताको सहमति, औपचारिक घोषणा चुनावपछि

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved