सलमान रुश्दीलाई भेन्टिलेटरबाट हटाइयो, ‘बोल्न सक्षम’

नेपालभ्युज

सलमान रुश्दीलाई भेन्टिलेटरबाट हटाइयो, ‘बोल्न सक्षम’
तश्वीर: रोयटर्स

काठमाडौं। छुरा आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुश्दीलाई भेन्टिलेटरबाट हटाइएको छ । रुश्दीलाई विहान भेण्टीलेटरबाट हटाइएको र उनि बोल्न सक्ने अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

उनका एजेन्ट एन्ड्रयु वाइलीले यसअघि अमेरिकी सञ्चारमाध्यमलाई लेखकले आँखा गुमाउन सक्ने बताएका थिए।

७५ वर्षीय रुश्दीलाई न्यूयोर्क राज्यमा एक कार्यक्रममा बोल्ने क्रममा हमला भएको थियो र उनको अवस्था गम्भीर थियो। रुश्दीले आफ्नो उपन्यास द सैटानिक भर्सेसका लागि वर्षौंदेखि ज्यान मार्ने धम्कीको सामना गर्नु परेको छ । रुश्दी र उपन्यासलाई केही मुस्लिमहरूले निन्दाको रूपमा हेर्छन्।

रुश्दीमाथी आक्रमण गरेको अभियोगमा प्रहरीले २४ वर्षीय हादी मतरलाई पक्राउ गरेको छ । उनले मञ्चमा दौडिएर रुस्दीको अनुहार, घाँटी र पेटमा कम्तीमा १० पटक छुरा प्रहार गरेको आरोप छ।

अस्पतालले रुश्दीको पछिल्लो अवस्था अझै अद्यावधिक गरेको छैन । तर  उनका साथी, लेखक र विद्वानहरूले रुस्दीले अब कुरा गर्न सक्षम भएको भन्दै सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved