जापानबाट फर्किएर प्रचण्डले भने- राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलो भयो

नेपालभ्युज

जापानबाट फर्किएर प्रचण्डले भने- राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलो भयो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

चार दिनको  जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएर उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए ।

‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने । नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् । तर, राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।

उनले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको बताए । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने थियो, तर धेरै राम्रो भयो’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved