नागरिकताको नाम सच्याउन कविराम कामी पुगे सीडीओ कार्यालय

नेपालभ्युज

नागरिकताको नाम सच्याउन कविराम कामी पुगे सीडीओ कार्यालय

दैलेख । तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेर नागरिकता  सुम्पिएका कविराम कामी यतिबेला  सीडीओ कार्यालय पुगेका छन् ।

कविराम पुगे सीडीओ कार्यालय अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै  उनी दैलेख सदरमुकाम पुगेका हुन् । आफ्नो नागरिकतामा ‘कुकुर कामी’ लेखिएकाले सच्याउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए ।

‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि २०४६ सालमा तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेर नागरिकता दियो,’ उनले निवेदनमा भनेका छन्, ‘यस्तो नामले हीनता र अपमान भइरहेकाले परिवर्तन गरी कविराम कामीका नाममा प्रतिलिपि पाऊँ ।’

कविरामले वडा र गाउँपलिकाको सिफारिससहित प्रशासनमा निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निवेदन प्राप्त भएकाले सर्जमिन बुझ्न पठाएको बताए ।

‘यो नागरिकतासँगै उक्त नामबाट केके प्रमाणपत्र बनेका छन्, त्यसबारे बुझ्न पठाइएको छ,’ प्याकुरेलले भने, ‘छोराछोरीको नागरिकता बनाएको भए त्यो पनि सच्याउनुपर्छ । फास्ट ट्र्याकबाट कविरामलाई नागरिकता प्रदान गर्छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved