नर्भिक अस्पतालले बालेन शाहलाई भन्यो– तत्काल टहरा भत्काउन सकिँदैन

अस्पतालका राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखिएकाले तत्काल खाली गर्न नसकिने बताए।

नेपालभ्युज

नर्भिक अस्पतालले बालेन शाहलाई भन्यो– तत्काल टहरा भत्काउन सकिँदैन

काठमाडौं। थापाथलीस्थित नर्भिक अस्पतालले काठमाडौँ महानगरको निर्देशनबमोजिम तत्कालै टहरा नहटाउने बताएको छ। अस्पतालका राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखिएकाले तत्काल खाली गर्न नसकिने बताए।

२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भएको थियो। उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत् वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा आवश्यक उपकरण राखिएको अस्पतालको दाबी छ।
बिरामीको उपचारमा असर पर्ने भन्दै २४ घण्टाभित्र खाली गर्न नसकिने सिंहले बताए।

यसअघि काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो। आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

नर्भिक अस्पतालले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाका मेयर बालेन साहले सोमबार निर्देशन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved