करणी मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालभ्युज

बर्दिया । प्रहरी हिरासतबाट फरार करणी मुद्दाका अभियुक्त भारतीय सीमाबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले पक्राउ गरी अनुसन्धानका शिलसिलामा हिरासतमा राखिएका करणी मुद्दाका अभियुक्त खजुरा गाउँपालिका-८ बस्‍ने २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनलाई बढैयाताल गाउँपालिका-२ स्थित नेपाल भारतको सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सूर्यप्रकाश सुवेदीले बताए ।

पक्राउ परेका उनीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved