७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपालभ्युज

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय कम्पनीहरू तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ ।

साउन २४, २०७९ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ । यसअघि, बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ ।

पहिलोपटक १५ अर्ब १० करोड बिल बिक्री गरेको बैंकले अधिकतम् १२ प्रतिशत ब्याजदर प्रदान गरेको थियो भने पछिल्लोपटक १० अर्ब १० करोड जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गरेको भन्दै राष्ट्र बैंक आफैले राखेको थियो ।

राष्ट्र बैंकमार्फत सरकारले ट्रेजरी बिल जारी गरेर अल्पकालीन आन्तरिक ऋण उठाउने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved