पहिलो कारोबार दिन सूचक हरियो, कारोबार रकम घट्यो

नेपालभ्युज

पहिलो कारोबार दिन सूचक हरियो, कारोबार रकम घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयरबजार परिसूचक नेप्से हरियो भएको छ । १०.२७ अंकले बढेर नेप्से २१२३.८२ विन्दुमा पुगेको हो। त्यस्तै, क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि ३.११ अंकले बढेको छ।

आज सूचक बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो साता ४ अर्ब हाराहारीले दैनिक कारोबार भएकामा आइतबार आज २ अर्ब ६७ करोडको मात्रै कारोबार भएको छ।

आइतबार २१९ कम्पनीको ६१ लाख कित्ता सेयर उक्त रकममा कारोबार भएको हो। दिनभरिमा ४४ हजार २४० पटक खरिदबिक्री भएको थियो। कुल १३ मध्ये आज जीवन बीमाबाहेक बाँकी उपसूचकहरु हरियो छन्। आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ वटाको घटेको र ३ वटाको उही कायम भएको छ।

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले १० प्रतिशत अर्थात् प्रतिकित्ता ९९.१० रुपैयाँ आम्दानी गरेका छन्। त्यसैगरी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशत, उपकार लघुवित्तका सेयरधनीले ९.१३ प्रतिशत, गुह्येश्वरी मर्चेन्टका सेयरधनीले ८.५७ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फन्डका सेयरधनीले ७.२६ प्रतिशत कमाएका छन्।

आज गुमाउने लगानीकर्ताले ३.४८ प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट नै अगाडि छ। कम्पनीको १३ करोडको सेयर कारोबार भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved